Shittalpati
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

पुरन राजकोटी मगर

गुल्मी (पुर्तिघाट), कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटदेखि अर्वेनी सडकखण्डको कनौटा, हार्से लगायतका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गाउँपालिका मुख्य बजार पुर्तिघाट बजारदेखि बुटवल आवात जावतमा समस्या भएको छ । निरन्तर पानी परिरहेकाले अवरुद्ध सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ । यस सडक खण्ड हुँदै सञ्चालन हुने सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् । पानी रोकिने वित्तिकै पहिरो हटाईने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए । उनका अनुसार डोजरको व्यवस्था मिलाई सकिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update