Shittalpati
गुल्मीमा जिप खोलाले बगायो

गुल्मी, जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।

सोमबार दिउँसो सत्यवती गाउँपालिका ६ मा डहरे खोला तर्ने क्रममा जिप बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाएको जिप अहिलेसम्म भेटिएको छैनन् ।

जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । जिप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरीक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएको छ । खोलाले बगाएको जिपको खोजि कार्य जारी रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update