Shittalpati
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य

पाल्पा,नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।
सभापतिमा पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष मोहन श्रेष्ठले दावी गर्दै आए पनि उम्मेदवारी दर्तामा शाक्यले मात्र दर्ता गराएका थिए । सभापतिका दावेदार रहेका श्रेष्ठलाई उम्मेदवारी फिर्ता गर्न पार्टी शिर्ष नेताहरुले दवाब दिएपछि उनले सभापतिमा उम्मेदवारी नदिएको स्रोतले जनाएको छ । श्रेष्ठलाई अन्य कुनै पद दिने गरी सभापतिमा व्याग गरिएको जनाइएको छ । तर श्रेष्ठले भने आफूले उम्मेदवारी नदिएर सहमतिबाट नेतृत्व चयन गर्न मार्ग प्रशस्त गरेको बताएका छन् । अधिवेशनले नगर कमिटिको उपाध्यक्षमा इन्द्र लक्ष्मी सैजु, सागरमान महर्जन, सचिवमा शैलेन्द्र भट्टराई, लक्ष्मण खड्का, सहसचिवमा अर्जुन कार्की र नुरदेव पौड्यालाई चयन गरेको छ ।

तानसेनको अधिवेशन सकिएसँगै पाल्पाको सबै नगर तथा पालिकामा काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रामपुर नगरपालिकाको सभापतिमा नेत्र प्रसाद भट्टराई, रिब्दीकोटमा रामचन्द्र पाण्डे, पूर्वखोलामा विष्णुकुमारी आचार्य, निस्दीमा पूर्ण बहादुर खाँड, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउमा प्रेम पाण्डे, बगनाशकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरामा विष्णु पोखरेलाई सभापतिमा चयन गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update