Shittalpati
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित

बुटवल, लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो । बैठक असोज २० गते बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेशको प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलले विधान महाधिवेशनमा सहभागी हुनुपर्ने बताउँदै बैठक रोक्न माग गरेको थियो । त्यसका आधारमा बुधबारका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव मगरले बताए ।

नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका हुन् । यसअघि सूर्य चिन्हबाट चुनाव लडेका र कारबाहीमा परेका २ सांसदलाई पद मुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेको थियो । प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैंठक पूर्णरुपमा बस्न सकेका छैनन् ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update