Shittalpati
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य

पाल्पा, नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।

सभापतिमा पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष मोहन श्रेष्ठले दावी गर्दै आए पनि उम्मेदवारी दर्तामा शाक्यले मात्र दर्ता गराएका थिए । सभापतिका दावेदार रहेका श्रेष्ठलाई उम्मेदवारी फिर्ता गर्न पार्टी शिर्ष नेताहरुले दवाब दिएपछि उनले सभापतिमा उम्मेदवारी नदिएको स्रोतले जनाएको छ ।

श्रेष्ठलाई अन्य कुनै पद दिने गरी सभापतिमा व्याग गरिएको जनाइएको छ । तर श्रेष्ठले भने आफूले उम्मेदवारी नदिएर सहमतिबाट नेतृत्व चयन गर्न मार्ग प्रशस्त गरेको बताएका छन् । नगर कमिटिको अन्य पदाधिकारीमा पनि सहमति जुटाउने प्रयास भइरहेको नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update