Shittalpati
ओरालो बाटोमा काँग्रेस

निर्वाचनपछि सरकार निर्माण भयो तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, खड्कप्रसाद ओलीले सत्ता गठबन्धन यसरी भाचिएला, लामो राजनितीक सहयात्रा गरेका माधव कुमार नेपालले पार्टी फुटाउँलान भन्ने कसैले पनि कल्पना समेत गरेका थिएनन । इतिहासकै बलियो सरकार बनेको थियो । प्रधानमन्त्री त पशुपतिमा डामेर छाडेको साढे जस्तै भएका थिए । सरकारबाट बाहिरीएर बालकोट फर्किनुपर्ला भन्ने ओलीले कहिले पनि कल्पना गरेनन् । त्यस्तै भयो, किन भयो ? सत्ताको दम्भ अहम जस्ता कारणले ओलीको लागी सत्ता अभिशाप नै भयो ।

दम्भ घमण्डका कारण सत्ता च्यूत हुन परेको नेकपा एमालेका लागी यो सत्य हो, सबैले मनन् गरेको कुरा यहि हो । हो प्रकरण त सरुवा रोग पनि हो । रोग सर्ने भाइरसले हो । त्यो भाइरसले अन्य राजनीति गर्ने दललाई पनि नसताउँला भनेर भन्न सकिदैन । यदि दम्भको भाइरसले सतायो भने पहिला सत्तारुढ दल नेपाली काँग्रेसलाई बलियो गरी सताउँने लक्षण देखा परेको छ । हो यतिखेर नेपाली काँग्रेस आफ्नो माहाकुम्भ मानीने अधिवेशनका लागी अगाडि बढेको छ । स्थानीय तहसम्मको अधिवेशनको खुडकिलो पार गरेको छ । त्यो सबै जिल्लामा होइन, अझ पाँच वटा जिल्लामा प्रकृया नै सुरु भएको छैन । यसले आम कार्यकर्ता निर्वाचन हुनेमा विश्वस्त छैनन् । त्यो किन भने नेतृत्व प्रति कार्यकर्ताको विश्वास नै नभएकोले हो । शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि संघीय संरचना अनुरुप तीनवटा निर्वाचन भए । त्यो पनि आफैले गराए । निर्वाचनका समयमा स्पष्ट रुपमा चुनावी एजेण्डा नै थिएन । जसोतसो कार्यकर्ता एंव उम्मेदवारले आफु खुसी चुनावी एजेण्डा बनाए। त्यस प्रकरणले नै तथ्य कुरा बुझाउछ नेतृत्व कस्तो रहेछ भनेर तरपनि नेतृत्वमा यस किसिमको तथ्य बुझाइ नै छैन । बुझ्न पनि चाहदैन । त्यसैले पार्टीले धेरै स्थानिय तहको निर्वाचनमा पराजयको सामना परेको हो । यस प्रकरणमा सिंगो पार्टीले जीम्मेवारी लिनुपर्ने थियो । लिन चाहदैन आउने निर्वाचनमा पनि यस्ता क्रियाकलाप दोहोरीनेछन् । पार्टीका नेताको त्यसतर्फ ध्यान पुगेको छैन र पुग्दैन पनि अहिले पार्टीका नेता आ–आफ्नो गुट कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित रहेका छन् । यसमा पनि हाम्रो भन्दा राम्रो भन्ने मानसिकताले काम गरेको छ । असल कर्म त सक्षम योग्य कार्यकर्ता बाहिरिनु परेको छ । यो हुनुमा पनि केन्द्रिय सभापति शेरबहादुर देउवा नै कारक भएको भन्ने गरिन्छ । यसले आम कार्यकर्तामा उत्साह भन्दा निराशा थपिएको छ । यो हुनु ओलीमा जस्तो देउवामा पनि दम्भ भएका कारण हो । हुन त देउवा माटो हावापानी सुहाउँदो नेतृत्व भने अवश्य होइन । उनी हाम्रो मुलुकका लागी वरदान भन्दा अभिसाप नै हुन । उनले आउने महाधिवेशनमा पार्टी कब्जा गर्लान तर संघीय प्रदेश स्थानीय निर्वाचनमा सफलता भने शून्य जस्तै हुनेछ । उनीमा र उनका ढोके, पाले, हके सबैमा पार्टी कसरी कब्जा गर्ने भन्ने मात्र मानसिकता रहेको छ । आउने निर्वाचनमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने सोच नै छैन । सबैमा पार्टी कसरी कब्जा गर्ने भन्ने कुरा मात्रै भएको यस पटकको वडा देखि पालिका सम्मको अधिबेशनले देखायो । त्यसको परिणाम त आउने निर्वाचनमा कार्यकर्ताले देखाउँनेछन । जसरी वडा तहदेखि पालिका तहसम्मको निर्वाचनमा तलका कार्यकर्ताको भावनालाई कुण्ठित बनाउने काम भयो यसले अवश्य पनि राम्रो संकेत जादैन । आउने निर्वाचनमा सजिलो भएको छ । एमालेमा विभाजन भयो भनिन्छ, त्यो विभाजन कागलाई वेल पाके जस्तै हुनेछ । त्यसैले पनि नेतृत्वले यो राम्रो संग बुझन जरुरी देखिन्छ । हुन त वर्तमान पार्टी सभापतिलाई लोकतान्त्रिक मुल्य मान्यता प्रति माया नै छैन । जब २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्थाको पुर्नबहालीका लागी आन्दोलन चलेको थियो । त्यस समयमा उनका नेता देखि कार्यकर्ता सडकदेखि जेलसम्म भलभली रगत बगाउदै थिए । उनी त्यतिबेल अमेरीकामा भौतारिएका थिए । त्यस कारण देउवालाई आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्दछ भन्ने भावना नै भएन ।

उनी त झण्डै झण्डै पञ्चायती व्यवस्थाको समर्थक हुने तयारीमा थिए । उनलाई त्यसो हुनबाट स्व.कृष्णप्रसाद भट्टराईले जोगाएका थिए । उनी त्यसैले खराब हुन त्यसैले उनीमात्र होइन उनलाई भगवान ठान्नेहरु पनि खराब छन् । कोइरालाको अवशान पछि पार्टीले आज यो अवस्थामा पुर्‍यायो । उनले र उनका अनुयायीहरुले यस पटकको महाधिबेशनमा नेतृत्व हात पार्लान तर साझा काँग्रेस भने बनाउँन सक्दैनन । यसको अर्को परिणाम आउछ । लोकतन्त्र पुनः अप्ठेरोमा पर्न सक्दछ । विगतको इतिहास ताजा रुपमै छ । गत निर्वाचनमा उनका कारणले धेरै ठाउँमा पराजयको सामना गर्नुपरेको हो । धेरै ठाउँ हेर्नै पर्दैन, चितवन हेर्दा हुन्छ । अमेरीकी एजेन्टका रुपमा चिनिएका देउवालाई यतिखेर सत्ता र शक्तीको उन्माद छ । त्यसको परिणाम आफ्नै गृह जिल्लामा प्रहरी परिचालन गरेर वडा अधिबेशन सम्पन्न भयो । त्यो भन्दा लज्जास्पद कहा हुन्छ । स्वाभिमानी कार्यकर्ताले गर्भका साथ म नेपाली काँग्रेसको कार्यकर्ता हुँ भन्न लाज मान्ने अवस्था छ, अहिले । यस्तो नेतृत्वबाट नयाँ पुस्ताले कस्तो के अपेक्षा गर्ने ? यो प्रश्नको जवाफ उनका हलिहरुसंग पनि छैन । पार्टीको पद भजाएर राज्य सत्ताको दुरुपयोग गरेर गुण्डागर्दीको आडमा ठेक्कापट्टा, मेनपावर चलाउनेहरु मात्र उनको साथ र समर्थनमा रहेको देखिन्छ । त्यसकारण आउने निर्वाचनमा काँग्रेस बलियो बन्न सक्दैन । देउवा समुहले महाधिबेशनमा कार्यकर्ताले लगाएको गुनका कारण । त्यतिबेला नेतृत्व सच्चिने होइन काँग्रेस सकिने हो । सरकार गठन भएको आज कति दिन भयो ? मन्त्री मण्डलको अवस्था त्यस्तै छ सरकारी खर्च र भुक्तानी नयाँ बजेटको कार्यान्वयन कहाली लाग्दो अवस्थामा छ । त्यसैले काँग्रेस उकालोमा होइन, ओरालो बाटोमा यात्रा गर्दै छ । यदि सुधार भएन भने भोलीका दिनमा यहाका स्थानीय, प्रदेश संघीय निर्वाचनमा विजयी बन्ने सपना काँग्रेसका कार्यकर्ताले नदेख्दा हुन्छ । तिनलाई महाधिबेशनमा भागवण्डाको आवरणमा सहिद बनाएकाहरुले नै पत्तासाफ बनाउने छन् । त्यो नै सत्य हो ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update