Shittalpati
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ । शनिबार भएको पालिका अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले विष्णु कुमारी आचार्यललाई गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित गरेका हुन् । आचार्य १० वटा स्थानीय तहको एक मात्र महिला गाउँपालिका सभापति बनेकी छन् ।

उपसभापतिमा मेघराज न्यौपाने, दुर्गाबहादुर सारु, सचिवमा भुपाल पंगेनी, ऋषिराम ढेंगा, सह सचिवमा नवराज श्रेष्ठ र जगतबहादुर हिस्की सहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् । यस अघि पाल्पामा वडा अधिवेशनबाट पनि एक जना मात्र महिला वडा सभापति बनेकी थिइन । बगनासकाली गाउँपालिका २ मा सीता गहिरे वडा सभापतिमा निर्वाचित भएकी थिइन । १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा सम्पन्न भएको अधिवेशनमा ८ गाउँपालिकामा पुरुषले नेतृत्व गरेका छन् । अन्य स्थानमा सर्वसहमत रुपमा नेतृत्व चयन भएपनि रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा चुनावी प्रतिष्प्रर्धाबाट नेतृत्व छानिएको हो । नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा मात्र शनिबार अधिवेशन सकिएको हो भने बाँकी १ वटा पालिकामा भने अधिवेशनको हुन सकेको छैन । जिल्लाका नेताहरु सर्वसहमतबाट नेतृत्व चयन गर्ने अडानमा रहेकाले तानसेन नगरपालिकामा अधिवेशन हुन नसकेको हो । नगर सभापतिमा मोहन प्रसाद श्रेष्ठ र सूर्वणमुनी शाक्य बिच प्रतिष्पर्धा रहेकोमा सहमतिको नाममा निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । तीन दिन भित्र सहमति नजुटेमा बुधवार भित्र निर्वाचन गर्ने तानसेन नगर कमिटीले जनाएको छ ।

रामपुर नगरपालिकामा सभापति सहित सबै पदाधिकारी र रिब्दीकोट गाउँपालिकामा सभापति पदमा मात्र निर्वाचन भएको थियो । पदाधिकारीमा भएको निर्वाचनमा रामपुर नगरपालिकाबाट सभापतिमा नेत्र प्रसाद भट्टराई, उप सभापतिमा देवबहादुर थापा, ज्ञानप्रसाद भण्डारी, सचिवमा चिरञ्जीवी सिग्देल, ओम प्रकाश बस्या, सह सचिवमा आवाश भट्टराई र राजन सुनार विजयी भएका छन् । रामपुरमा पदाधिकारीको सबै पदमा निर्वाचन भएको थियो । सभापतीमा विजयी भएका भट्टराईले १ सय २५ र प्रतिद्धन्दी अर्जुन प्रसाद रेग्मीले ८२ मत ल्याएका थिए । यसैगरी रिब्दीकोट गाउँपालिकाको पार्टी सभापतिको निर्वाचनमा रामचन्द्र पाण्डे विजयी भएका छन् । निर्वाचनमा पाण्डेले ९७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्दी ईन्द्र पाण्डेले ७ मत ल्याएका थिए । सभापति बाहेक अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भएका हुन । गाउँपालिकाको पार्टी उप सभापतिमा चन्द्र पोखरेल, खड्गबहादुर थापा, सचिवमा कमल थापा, विष्णु खड्का, सह सचिवमा नरबहादुर बुचा र विष्णु खनाल सहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेस रैनादेवी छहरा गाउँपालिकाको सभापतिमा विष्णुप्रसाद पोखरेल, उप सभापति हरिप्रसाद पोखरेल, हुमबहादुर रेश्मी, सचिव विश्वराज पन्त, राजेश कार्की, सह–सचिव गोपाल पौडेल र सुकमाया विक सहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् । बगनासकाली गाउँपालिकाको पार्टी सभापतिमा थानेश्वर तिमिल्सीना, उप सभापति विष्णुप्रसाद बस्याल, विष्णुमाया चिदी, राजेन्द्र राना राजेन्दप्रसाद बस्याल, सस–सचिव शोभाखर शर्मा र कमल भट्टराई र कोषाध्यक्षमा पशुपती अधिकारी सहित ५३ सदस्यीय निर्विरोध चयन भएका छन् ।तिनाउ गाउँपालिकाको पार्टी सभापतिमा प्रेमप्रसाद पाण्डे,उपसभापति सन्तोष कुमार शेरचन, पदमबहादुर खत्री, सचिवमा विनोद खत्री, गोपाल चौहान, सह सचिवमा कुमार थापा, हिमाल राना सहित ३९ सदस्यीय निर्विरोध चयन भएका छन् । माथागढी गाउँपालिकाको पार्टी सभापतिमा दिपक थापा, उप सभापति ईन्द्र कुमारी सुनारी, महेन्द्रबहादुर जिसी, सचिवमा सुरेन्द्र ढेगा, सावित्रा पन्थी, सह सचिवमा किरण अधिकारी र डम्वर बाकावल सहित ४८ सदस्यीय निर्विरोध चयन भएका छन् ।

रम्भा गाउँपालिकाको पार्टी सभापतिमा ऋषिराम अर्याल, उप सभापतिमा सुमन पाण्डे, विष्णु केसी, सचिवमा ईश्वर प्रसाद काफ्ले, विष्णुप्रसाद श्रेष्ठ, सह–सचिवमा तुलबहादुर सुनारी र भिमबहादुर सारु सहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् । निस्दी गाउँपालिकाको पार्टी सभापतीमा पूर्णबहादुर खाँण, उप सभापतिमा शिवप्रसाद उपाध्याय, प्रेमबहादुर सिंजाली, सचिवमा विजय अर्याल, नरेन्द्रबहादुर आले, सह सचिवमा ईजर सिंह सोती, र अर्जुन सोमै सहित २९ सदस्यीय निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update