Shittalpati
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित

कृष्ण पोखरेल
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ । सम्पन्न भएको ९ वटा पालिका अधिवेशन मध्ये ७ वटामा सर्वसम्मत र दुई वटामा निर्वाचन बाट नेतृत्व छनौट भएको छ । रामपुर नगरपालिका सभापती सहित सबै पदाधिकारी र रिब्दीकोट गाउँपालिकामा सभापति पदमा मात्र निर्वाचन भएको थियो । पदाधिकारीमा भएको निर्वाचनमा रामपुर नगरपालिकाबाट सभापतीमा नेत्र प्रसाद भट्टराई, उप सभापतीमा देवबहादुर थापा, ज्ञानप्रसाद भण्डारी, सचिवमा चिरञ्जीवी सिग्देल, ओम प्रकाश बस्याल सह सचिवमा आवाश भट्टराई, र राजन सुनार विजयी भएका छन । रामपुरमा पदाधिकारीको सबै पदमा निर्वाचन भएको थियो, सभापतीमा विजयी भएका भट्टराईले १२५ र प्रतिद्धन्दी अर्जुन प्रसाद रेग्मीले ८२ मत ल्याएका थिए । रामपुरमा नगरपालिकामा भने पदाधिकारीहरुको सबै पदमा निर्वाचन भएको थियो ।

यसैगरी रिब्दीकोट गाउँपालिकाको पाटी सभापतीको निर्वाचनमा रामचन्द्र पाण्डे विजयी भएका छन । निर्वाचनमा पाण्डेले ९७ मत ल्याई विजयी भएका थिए उनका प्रतिद्धन्दी ईन्द्र पाण्डेले ७ मत ल्याएका थिए । सभापती बाहेक अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भएका हुन । गाउँपालिकाको पाटी उप सभापतीमा चन्द्र पोखरेल, खड्गबहादुर थापा, सचिवमा कमल थापा विष्णु खड्का सह सचिवमा नरबहादुर बुचा र विष्णु खनाल सहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेस रैनादेवी छहरा गाउँपालिकाको सभापतीमा विष्णुप्रसाद पोखरेल, उप सभापती हरिप्रसाद पोखरेल, हुमबहादुर रेश्मी, सचिव विश्वराज पन्त, राजेश कार्की, सह सचिव गोपाल पौडेल र सुकमाया विक सहित ३१ सदस्यीय निर्विरोध चयन भएका छन् ।

बगनासकाली गाउँपालिकाको पाटी सभापतिमा थानेश्वर तिमिल्सीना, उप सभापती विष्णुप्रसाद बस्याल, विष्णुमाया चिदी, राजेन्द्र राना राजेन्दप्रसाद बस्याल, सह सचिव शोभाखर शर्मा र कमल भट्टराई र कोषाध्यक्षमा पशुपती अधिकारी सहित ५३ सदस्यीय निर्विरोध चयन भएका छन् ।

तिनाउँ गाउँपालिकाको पाटी सभापतीमा प्रेमप्रसाद पाण्डे, उपसभापती सन्तोष कुमार शेरचन, पदमबहादुर खत्री, सचिवमा विनोद खत्री, गोपाल चौहान, सह सचिवमा कुमार थापा, हिमाल राना सहित ३९ सदस्यीय निर्विरोध चयन भएका छन् । माथागढी गाउँपालिकाको पाटी सभापतीमा दिपक थापा, उप सभापती ईन्द्र कुमारी सुनारी, महेन्द्रबहादुर जिसी, सचिवमा सुरेन्द्र ढेगा, सावित्रा पन्थी, सह सचिवमा किरण अधिकारी र डम्वर बाकावल सहित ४८ सदस्यीय निर्विरोध चयन भएका छन् । रम्भा गाउँपालिकाको पाटी सभापतीमा ऋषिराम अर्याल, उप सभापतीमा सुमन पाण्डे, विष्णु केसी, सचिवमा ईश्वर प्रसाद काफ्ले, विष्णुप्रसाद श्रेष्ठ, सह सचिवमा तुलबहादुर सुनारी र भिमबहादुर सारु सहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् । पुर्वखोला गाउँपालिकाको पाटी सभापतीमा विष्णु कुमारी आचार्य, उपसभापतीमा मेघराज न्यौपाने, दुर्गाबहादुर सारु, सचिवमा भुपाल पंगेनी, ऋषिराम ढेंगा, सह सचिवमा नवराज श्रेष्ठ र जगतबहादुर हिस्की सहित ३३ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन् । निस्दी गाउँपालिकाको पाटी सभापतीमा पुर्णबहादुर खाँण, उप सभापतीमा शिवप्रसाद उपाध्याय, प्रेमबहादुर सिंजाली, सचिवमा विजय अर्याल, नरेन्द्रबहादुर आले, सह सचिवमा ईजर सिंह सोती, र अर्जुन सोमै सहित २९ सदस्यीय निर्विरोध चयन भएका छन् ।

तानसेन नगरपालिकामा भने सहमतीको नाममा निर्वाचन कार्यक्रम स्थगित भएको छ । नगर सभापतिमा मोहन प्रसाद श्रेष्ठ र सुर्वणमुनी शाक्य बिच प्रतिष्पर्धा रहेकोमा सहमतीको नाममा निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । तिन दिन भित्र सहमती नजुटेमा बुधवार भित्र निर्वाचन गर्ने तानसेन नगर कमिटीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update