Shittalpati
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’

गुल्मी,  नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् । उनीहरुले नेकपा एमाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विपक्षीहरुसँग गठबन्धन गरेर एमाले कार्यकर्तालाई धोका दिएको बताएका हुन् ।

पार्टी सचिव विष्टले सिद्धान्त र विचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी नेताले संगठन र कार्याकर्तालाई विर्सिएको बताए । उनले पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमती माधव नेपालबाट धोका भएको आरोप लगाए । पार्टी एकताको विकल्प छैन भन्दा पनि माधव नेपालले म मान्दिन भन्ने गरेको उनले सुनाए । पार्टी एकता भन्दा पनि उहाँले पार्टी विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन गरेको पूर्व मन्त्री समेत रहेका विष्टले बताए । उनले पार्टी विभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको धारणा व्यक्त गरे । पार्टी विभाजन हुन नदिन अनेकौं प्रयत्नहरु अपनाए पनि नेपालले त्यो नचाहेको विष्टको भनाई छ ।

नेकपा एमाले सचिव एवं प्रवक्ता ज्ञवालीले माधव नेपालले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप लगाए । अहिलेको घेराबन्दी अस्थायी भएकाले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने उनको भनाई छ । नेकपा एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको बताए । अहिले पनि एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा भएको भन्दै उनले एमालेलाई घृष्ण गर्नेहरुको मष्तिष्क तथा माया गर्नेहरुको मुटुमा एमाले रहेको उल्लेख गरे । पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग बिषय भएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update