Shittalpati
पाल्पामा पनि एमसीसीको विरोध

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौता राष्ट्रघाती कदम रहेको भन्दै केन्द्रदेखि जिल्लासम्म नेकपाले विरोध प्रदर्शन गर्दै आएको हो । विरोधमा नेकपाका नेता कार्यकर्ताहरु विभिन्न प्लेकार्डहरु बोकेर सडकमा उत्रिएका छन् । सोमबार तानसेनमा नेकपाले राष्ट्रघाति एमसीसी मुर्दावाद, अमेरिकी हस्तक्षेप बन्द गर, दलाल संसदीय व्यवस्था ध्वस्त गरौं भन्ने नारा सहितका प्लेकार्डहरु बोकेर सडक प्रदर्शन गरेका थिए । एमसीसी परियोजना अन्तर्गत अमेरिकाले सैन्य हस्तक्षेप गरेर नवउपनिवेश लागु गर्न खोजेकाले यसका विरुद्धमा उत्रन आम नागरिकलाई नेकपाले आग्रह गरेको छ ।

सो सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै नेकपा सहित विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् । सो परियोजनाका विषयमा छलफल गर्न भन्दै अमेरिकाबाट एमसीसीको प्रतिनिधि मण्डल काठमाडौं आएर सत्तारुढ दलसहित विपक्षीदलहरुसँग समेत छलफल गरेर फिर्ता भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update