Shittalpati
एमालेको अवरोधपछि संसद बैठक स्थगित

पाल्पा,  आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको थियो । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध भयो ।

पटक–पटक बैठक अवरोध गरेपछि सभामुख सापकोटाले बैठक सुचारु गराउने बारे विपक्षी दलका नेताहरुसँग परामर्श गरेका थिए । तर सकारात्मक प्रतिक्रिया नआएपछि उनले आगामी बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update