Shittalpati
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो

कृष्ण पोखरेल

पाल्पा, नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन । ४ वटा वडाको अधिवेशन मंगलवार साझ सम्म सम्पन्न हुने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । पाल्पाका ८१ वटा वडाहरु मध्ये रामपुर नगरपालिकाको ३ वटा वडा र माथागढी गाउँपालिकाको १ वटा वडाको निर्वाचन हुन सकेन । पाल्पाको पालिका स्तरको निर्वाचन भने भदौ २७ गते हुने तालिका रहेको छ । वडा बाट छानिएका प्रतिनिधीहरु गाउँपालिकाको नेतृत्व चयनमा सहभागी हुने छन् ।

अधिवेशनमा निस्दी गाउँपालिकाको वडा नंं १ बाकामलाङको सभापतिमा जगत सिंजाली, वडा नंं २ सहलकोट सभापतिमा चुमबहादुर राना, वडा नंं ३ झिरुबास सभापतिमा धनबहादुर खण्डलु, वडा नंं ४ मित्यालमा मिनबहादुर सुनारी, वडा नंं ५ गल्धामा श्याम खण्डलु, वडा नंं ६ अर्चलेमा गगन खन्गाहा, वडा नंं ७ ज्यामिरेमा मोहन राक्से सभापतिमा चयन भएका छन् । यस्तै पूर्वखोला गाउँपालिकाको वडा नंं १ सिलुवामा मनोज श्रेष्ठ , वडा नंं २ जल्पामा रनबहादुर रखाल, वडा नंं ३ रिङनेरहमा उमान सिं सारु, वडा नंं ४ देविनगरमा गिरबहादुर लाम्काहा, वडा नंं ५ बिरकोटमा पूर्ण बहादुर सारु, वडा नंं ६ हेक्लाङमा इन्द्र बहादुर ढेंगा सभापतिमा चयन भएका छन् ।

रम्भा गाउँपालिकाको वडा नंं १ हँुगीमा विष्णुबहादुर पछाई, वडा नं २ फोक्सिङकोटमा हुमबहादुर पाण्डे, वडा नंं ३ पिपलडाँडामा सुर बहादुर राना, वडा नंं ४ हुमिनमा नारायण श्रेष्ठ, वडा नंं ५ ताँहुमा बिष्णु थापा सभापतिमा चयन भएका छन् । यस्तै माथागढी गाउँपालिकाको वडा नंं १ चिदीपानीमा शिव प्रसाद घिमिरे, वडा नंं २ रुप्सेमा रामचन्द्र नेपाल, वडा नंं ४ झडेवामा भुवन सारु, वडा नंं ५ हात्तिलुङमा बेलबहादुर ढेंगा, वडा नंं ६ गोठादीमा युवराज ठाडा, वडा नंं ७ रहवासमा मुन प्रकाश राना, वडा नंं ८ बहादुरपुरमा ज्ञान बहादुर ढेंगा सभापतिमा चयन भएको माथाँगढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताए । तानसेन नगरपालिकाको वडा नंं १ गैरागाउँमा शिवचन्द्र खनाल, वडा नंं २ मेहलधारा बडीज्ञानटोलमा विनायक महर्जन, वडा नंं ३ भगवतीटोल बसन्तपुरमा पुष्करराज रेग्मी, वडा नंं ४ सिल्खानटोलमा सुरेन्द्रमान कर्माचार्य, वडा नंं ५ कैलाशनगरमा दिनेश खड्का , वडा नंं ६ बर्तङ्गमा रवि गुरुङ्ग, वडा नंं ७ प्रभासवासटारीमा प्रदिप खनाल, वडा नंं ८ मदनपोखरामा मोहनलाल कार्की, वडा नंं ९ दमकडामा यमनाथ रेग्मी, वडा नंं १० तेल्घामा दिपक कार्की, वडा नंं ११ बन्दिपोखरामा यादव सिंह कार्की, वडा नंं १२ बौघापोखराथोकमा धन बहादुर दंगाल, वडा नंं १३ बौघागुम्वामा किशोर भट्टराई, र वडा नंं १४ अर्गलीमा दधिराम न्यौपाने सभापतिमा चयन भएको तानसेन नगर कमिटीका प्रतिनिधी यादव सिंह कार्कीले बताए ।

यस्तै तिनाउँ गाउँपालिकाको वडा नंं १ कचलमा हर्ष बहादुर राष्कोटी, वडा नंं २ दोभानमा दुर्गा बहादुर थापा, वडा नंं ३ झुम्सामा निर्मल बस्याल, वडा नंं ४ सत्यवतीमा देव सिंह दर्लामी, वडा नंं ५ कोल्डाँडामा यम बहादुर राष्कोटी र वडा नंं ६ मस्याममा टोम बहादुर पुन सभापतिमा चयन भएको तिनाउँ गाउँपालिकाका प्रतिनिधी बिष्णु पाण्डेले बताए । रैननादेवी छहरा गाउँपालिकाको वडा नंं १ सिद्धेश्वरमा शालिकराम ज्ञवाली, वडा नंं २ सोमादीमा चिरञ्जीवि पोखरेल, वडा नंं ३ भुवनपोखरीमा भोजराज पंन्थी, वडा नंं ४ छहरामा बुद्धि बहादुर रायमाझी, वडा नंं ५ मुझुङमा अम्वर बहादुर कार्की, वडा नंं ६ जुठापौवामा दिपक पौडेल, वडा नंं ७ बल्ढेङगढीमा गिर बहादुर बगाले, वडा नंं ८ सत्यवतीमा थमन बहादुर गाँहा सभापतिमा चयन भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । रिब्दीकोट गाउँपालिकाको वडा नंं १ ख्याहामा पदम प्रसाद न्यौपाने, वडा नंं २ देउरालीमा ओम प्रसाद पोखरेल, वडा नंं ३ खस्यौलीमा गोविन्द प्रसाद आचार्य, वडा नंं ४ भैरवस्थानमा कमल पौडेल, वडा नंं ५ कुसुमखोलामा हिराधर आचार्य, वडा नंं ६ ठिमुरेमा भरत जिसी, वडा नंं ७ बतासेमा कृष्ण कुवँर, वडा नंं ८ फेकमा भिम ज्ञवाली चयन भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले बताए ।

बगनासकाली गाउँपालिकाको वडा नंं १ चिर्तुङ्गधारामा टेकबहादुर राना, वडा नंं २ पोखराथोकमा सिता गैरे, वडा नंं ३ आर्यभञज्याङ्गमा उदयराज घिमिरे, वडा न. ४ खानीछापमा हुतमान सिंह दर्लामी, वडा नंं ५ दर्लामडाडामा नन्द किशोर अमात्य, वडा नंं ६ यम्घामा लक्ष्मी प्रसाद अधिकारी, वडा नंं ७ खानीगाउँमा गुन बहादुर बुढाथोकी, वडा नंं ८ बराङ्दीमा गणेश प्रसाद बस्याल, वडा नंं ९ चापपानीमा चिन्तामणी बस्याल सभापतिमा चयन भएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।
रामपुर नगरपालिकाको वडा नंं १ मकैडाँडामा दानबहादुर मल्ल, वडा नं ३ बगाहामा प्रकाश ज्ञवाली, वडा नंं ४ देविस्थानमा थर्क बहादुर राना, वडा नंं ७ किसानवारीमा दुर्गा प्रसाद भट्टराई, वडा नंं ८ कुमराङ्गमा कालु थापा, वडा नंं ९ जब्गादीमा दिल बहादुर राना र वडा नंं १० गेझामा विजय राना चयन भएका छन् । पाल्पाको पालिकास्तरको निर्वाचन भने भदौ २७ गते हुने तालिका रहेको छ । वडा बाट छानिएका प्रतिनिधीहरु गाउँपालिकाको नेतृत्व चयनमा सहभागी हुने छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update