Shittalpati
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर

बुटवल, लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन् ।

जसमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहसराम यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीलाई जिम्मा दिइएको छ । सात सदस्यीय मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै बिनाविभागीय राखिएको छ । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत साउन २८ गते गठित मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update