Shittalpati
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस


कालीगण्डकी संवाददाता

गुल्मी(पुर्तिघाट), नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।

बिहिबार पुर्तिघाट बजारमा रहेको पार्टी कार्यालयमा पार्टीको एकता र महाधिवेशनका विषयमा काँग्रेसले व्यापक छलफल तथा अन्तरक्रिया गरेको छ ।कार्यक्रममा कालीगण्डकीका पार्टी सभापति निमबहादुर श्रीसले महाधिवेशनमा जुट्न नेता ,कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस महासमिति सदस्य बेदबहादुर थापाले पार्टीलाई एका ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा पत्रकार जगदीश भट्टराईले कार्यक्रम भित्र पार्टीको विषयमा उठेका प्रश्नको जवाफ दिदै पार्टीको आगामी यात्रा र काँग्रेसको केन्द्रीय विधि विधानका विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सम्पूर्ण वडाका पार्टी सभापति र क्षेत्रीय प्रतिनिधि,महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य लगायत काँग्रेस कालीगण्डकीका बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । पार्टी सभापति निमबहादुर श्रीसको अध्यक्षता, गोबिन्द गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update