Shittalpati
गुल्मीदरबार गाउँपालिका अध्यक्षको निधन

गुल्मी,गुल्मी दरवार गाउँपालिका गुल्मीका अध्यक्ष अशोक कुमार थापाको निधन भएको छ । थापाको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि फोक्सोमा समस्या देखिएको उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी स्थानीय तह निर्वाचनमा नेपाली काँंग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । मृतक थापाको शवलाई गाउँपालिकामा ल्याउने तयारी भएको जनाइएको छ । उनी नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सभापति समेत थिए ।

 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update