Shittalpati
गुल्मीमा जिपको ठक्करबाट तानसेनका पाण्डेको मृत्यु

गुल्मी,गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । जिल्लाको धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जिपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विहीबार पाण्डेको मृत्यु भएको हो ।

उनी मोटरसाइकल चालक हुन् । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए । जिपको ठक्करबाट घाइते भएका उनको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि जिप पल्टिएको थियो । दुर्घटनामा परी जिपमा सवार चार जना घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update