Shittalpati
पाल्पाको तिनाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा,ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ट्याक्टरको अगाडिको दायाँतर्फको टायर फुस्किन गई अनियन्त्रत हुँदा सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्न जादा ट्याक्टर चालक सोही ठाउँका ३८ वर्षीय दुर्गाबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाहालाई ट्याक्टरले च्याप्न जाँदा घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक ४२ वर्षीय एकबहादुर थापा भने घाईते भएका छन् । घाईते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । उनको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update