Shittalpati
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण

पाल्पा,जिल्लाको रिब्दीकोट गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्रहरुलाई आवश्यक दुग्ध उपकरण दिइएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो ।

यहाँ दूध डेरी सञ्चालन गर्दै आएका १० वटा कृषक समूह तथा कृषि सहकारीलाई अनुदानमा उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । उनका अनुसार गाउँपालिकाको कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गतका दुग्ध संकलन केन्द्रलाई उपकरण अनुदानमा सहयोग गरेको हो । २८ लाख बराबरको उपकरण वितरण गरिएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने अभियान अनुरुप दुध संकलन केन्द्रहरुलाई आवश्यक उपकरणहरु उपलब्ध गराईदै आइएको अध्यक्ष जिसीले बताए ।

ख्याहा बहुउद्देश्यीय सहकारी संस्थालाई डि–फ्रिज एक थान, मिल्क क्यान ठूलो चार थान र मिल्क एनलाईजर एक थान उपलब्ध गराइएको रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । उनका अनुसार देवीस्थान दुग्ध उत्पादक सहकारी संस्थालाई कम्प्युटर र प्रिन्टर, खस्यौली पशु सेवा दूध उत्पादक समूहलाई तौल मेसिन एक थान, श्री दुग्ध उत्पादक सहकारी संघलाई मिल्क क्यान ठूलो दुई थान वितरण गरिएको छ ।

यस्तै रानीठाँटी दुध उत्पादक कृषक समूहलाई मिल्क क्यान ठूलो दुई थान, भैरबस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई २ हजार लिटर क्षमता भएको चिलिङ भ्याट एक थान, मिल्क क्यान ठूलो दुई थान, मिल्क एनलाईजर एक थान, कम्प्युटर र प्रिन्टर, समाज कल्याण कृषि सहकारी संस्थालाई मिल्क क्यान ठूलो तीन थान, तौल मेसिन एक थान वितरण गरिएको छ । गौरवशील कृषक समूहलाई डि–फ्रिज एक थान, मिल्क क्यान ठूलो तीन थान,आत्मनिर्भर कृषि सहकारी संस्थालाई डि–फ्रिज एक थान, मिल्क एनलाईजर एक, मिल्क क्यान सानो ६, मिल्क क्यान ठूलो तीन, सेतो गुराँस दुग्ध संकलन समूहलाई मिल्क एनलाइजर एक थान, मिल्क क्यान ठूलो चार थान वितरण गरिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update