Shittalpati
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड

पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।

अज्ञात समूहले रातीको समयमा आएर मुझुङ टोलमा रहेको वडा कार्यालय, कालिका माविको कार्यालय, महिला सहकारी संस्था, हुलाक कार्यालय, कृषि सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

तोडफोडबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनातर्फ गएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update