Shittalpati
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री

पाल्पा, जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।

गाउँपालिकाको कृषि शाखाले वडा नं.४ देवगीरमा एक कार्यक्रमको आयोजना गरी मालिकादेवि कृषक समुहमार्फत कृषका लागि कृषि सामग्री तथा बिउ विजन दिएको छ । तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्लाष्टिक खेति गर्ने कृषकहरुका लागि बिउ बिजन र कृषि सामग्री दिइएको कृषि शाखा प्रमुख सिता खाम्चाले बताईन् । उनका अनुसार कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत विभिन्न शिर्षकमा लागत साझेदारी गरी प्रविधिक सहयोग १०० प्रतिशत, सिचाई पुर्वाधार ७५ प्रतिशत, र बिउ बिजन ५० प्रतिश अनुदान दियएको हो ।

तरकारी पकेट क्षेत्रलाई व्यवस्थित गर्नका लागि कृषक समूहको आवश्यकताका आधारमा कृषि सामग्री तथा बिउ बिजन दिइएको प्रमुख खाम्चाले बताईन् । कृषि सामग्री तथा बिउ बिजन गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कृषक समूहलाई हस्तान्तरण गरेका हुन् । सामग्री र बिउ बिजन हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष थापाले कृषकलाई पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायीमुखी बनाउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको बताए । उनले कृषि सामग्रीको प्रयोग गरी उत्पादन बढाउन र आर्थिक स्थितिमा सुधार ल्याउन कृषकलाई आग्रह गरे । अध्यक्ष थापाले कृषकले यी सामग्रीको उपयोग आफ्नो लागि गरेर बाँकी रहेको समयमा अन्य कृषकका लागि समेत प्रयोग गरी लाभ लिन सुझाव दिए । कृषि सामग्री पाएपछि कृषकहरूले पालिकाको सो कार्यको प्रशंसा गर्दै आफूहरूले लिएको सामग्रीहरू सदुपयोग गरे नगरेको अनुगमन गर्नुपर्ने तथा वास्तविक कृषकलाई मात्र प्रोत्साहन गर्न सुझाव दिए ।

अध्यक्ष थापाले आगमी दिनहरुमा गाउँपालिकाका कृषकहरुको चहाना र आवश्यकता अनुसार थप मात्रामा कृषिको लागि योग्य स्थान खोजी गरी अरु कार्यक्रम ल्याउन गाउँपालिका नितिगत रुपमै लागेको बताए । उनले रोजगारीको सिर्जना सहित व्यवसाय प्रवद्र्धन गराउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको समेत जानकारी दिए ।

गाउँपालिकाका प्रवक्ता तथा ४का अध्यक्ष मधु पराजुलीले गाँउपालिकाबाट व्यवसायिक रुपमा काम गर्नेलाई सधै प्राथमिकतामा राखेको बताउदै घरमा उत्पादन भएका वस्तु बिक्रि वितरण गर्ने बानिको विकास गर्न कृषकलाई आग्रह गरे । प्रधानमन्त्री कृषि समुहको १२ लाख र कृषक समुहको १२ लाख गरी २४ लाख लगानीमा सामग्री र बिउ बिजन दिइएको हो । जसमा प्लाष्टिक टनेल,मल्चिङ,स्प्रे,जैबिक मल, जैविक विषादी, भिटामिन, प्लास्टिक पोखरी, थोपा सिचाई, सिचाई पाइप लगायतका प्लास्टिक घर निर्माणका लागि आवश्यक सामग्री तथा टमाटर, रायो साग, बन्दा,धनिया लगायतका बिउ बिजन दिइएको कृषि शाखा प्रमुख खाम्चाले जानकारी दिईन ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update