Shittalpati
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध

पाल्पा, निरन्तर वर्षका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । तीन दिनदेखिको निरन्तर वर्षाले पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, सिसुवजमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

माथिबाट खसेका पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । अहिले पहिलो हटाउने काम भइरहेको र केही समयमै सडक सुचारु हुने जनाइएको छ । ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा हरेक वर्ष पानी परेपछि पहिलो खस्ने गर्दछ । सिसुवाको सोही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो । सडक अवरुद्धका कारण बिहानैदेखि बुटवलतर्फ र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरा जाने सबै सवारी साधन अवरुद्ध भएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update