Shittalpati
गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने

गुल्मी, नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकता अनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा उनले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताएका थिए । हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने सभापति श्रेष्ठले बताएका हुन् । त्यस्तै सम्बन्धित पक्षलाई सम्पूर्ण आवश्यक व्यवस्था मिलाउन पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update