Shittalpati
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका  आइसोलेसन

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् । उनीहरुले कोरोना संक्रमितको स्थानीय तहमा नै उपचार गर्न अक्सिनज सहितको आइसोलेसन निर्माण गरेका हुन् ।

अहिले उनीहरुले १ सय ४० बेडको आइसोलेसन तयार गरिसकेका छन् । सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा ५ बेडको आइसोलेसन तयार गरिएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकाले २० बेड, मुसिकोट नगरपालिकाले १५ बेड, मालिका गाउँपालिकाले ५ बेडको आइसोलेशन तयार गरिसकेका छन् । मदाने गाउँपालिकाले १० बेड, धुर्कोट गाउँपालिकाले ५ बेड, कालीगण्डकी गाउँपालिकाले १० बेड, चन्द्रकोट गाउँपालिकाले १९ बेड, सत्यवती गाउँपालिकाले ११ बेड, रुरु क्षेत्र गाउँपालिकाले ९ बेड, छत्रकोट गाउँपालिकाले ६ बेड, इस्मा गाउँपालिकाले २० बेड, र गुल्मीदरबारले ५ बेड आइसोलेशन बेड तयार गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update