Shittalpati
गुल्मीको सत्यवतीमा वडा सिल

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका ७ जुनियाँलाई २९ गतेसम्मका लागि सिल गरिएको छ । वडामा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि वडा सिल गरिएको हो । वडामा थप संकमण फैलिन नदिनका लागि वडा सिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी बताए । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही कार्यहरु नहुँने वडा कार्यालयले जनाएको छ । वडा भित्र आवत जावतमा पूर्णरुपमा बन्देज गरिएको र स्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि आग्रह गरिएको छ ।

यस्तै सत्यवती गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक सबै सेवाहरु २५ गतेसम्मका लागि बन्द रहने प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीले जानकारी बताए । जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो चरणको संक्रमणका कारण जिल्लामा ११ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update