Shittalpati
पाल्पा काँग्रेसको छलफल

पाल्पा, नेपाली काँग्रेस पाल्पाले भावी योजना, रणनीति र कार्यदिशाका विषयमा छलफल तथा अन्तक्र्रिया गरेको छ । काँग्रेसले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा योजना, रणनीति र कार्यदिशाका विषयमा व्यापक छलफल गरेको हो । आइतबार पार्टी कार्यालयमा पार्टी सभापति वीरबहादुर रानाको सभापतित्वमा छलफल भएको थियो । छलफल कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले विधी र प्रक्रिया अनुसार काँग्रेस चल्न नसक्दा समस्या आएको बताइन् । काँग्रेसलाई विधी र प्रक्रियाबाट आगाडि बढाउनका लागि समयमै १४ औं महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले महाधिवेशनको पूर्वसंध्यामा पार्टीका विभिन्न तहमा मनोनयन, नियुक्ति गर्ने काम गैर जिम्मेवारीपूर्ण भएको आरोप लगाइन् ।

अर्की नेतृ राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले लोकतन्त्रको उपहास गरेको बताईन । कार्यक्रममा राष्ट्रिय सभा सदस्य बृन्दादेवी आले, वालि· नगरपालिकाकी उपप्रमुख कल्पना तिवारी, महिला संघकी केन्द्रीय सदस्य रमा पन्त, महिला नेतृ सुनिता अधिकारी लगायतले पार्टीलाई बलियो बनाएर लैजान सके मात्र लोकतन्त्र बलियो हुने धारणा राखेका थिए  ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update