Shittalpati
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै

काठमाडौं, एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आज भारत जान लागेको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्ने छ । सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ । आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ । उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ ।

आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चरणको खेलमा श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लवलाई ५–१ ले पराजित गरेको थियो । गत सिजन शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब बनेपछि एएफसी कपको छनोट खेल्ने अवसर पाएको हो । प्रारम्भिक छनोटको तेस्रो चरण अर्थात् प्लेअफ समेत जितेमा आर्मी एएफसी कपको दक्षिण एसियाली समूहमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update