Shittalpati
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई

कृष्ण पोखरेल
पाल्पा, तानसेनमा सञ्चालन भएको दोस्रो तानसेन नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी दमकडा माध्यमिक विद्यालय दमकडाले हात पारेको छ । विद्यालयले २२ वटा पदक हात पार्दै दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी हात पारेको हो । विद्यालयले प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ९ वटा कास्य पदक हात पारेको छ । प्रतियोगितामा जनता नमुना माध्यमिक विद्यालयल तानसेनले १९ वटा पदक जिति दोस्रो स्थान हात पारेको छ । विद्यालयले १० वटा स्वर्ण, ४ रजत र ५ वटा कास्य पदक हात पारेको छ । प्रतियोगितामा बेथल बोडिङ्ग स्कुल तानसेन तेस्रो भएको छ । स्कुलले ४ स्वर्ण, ५ रजत र ३ वटा कास्य गरी १२ पदक जिती तेस्रो भएको हो ।

विजेता विद्यार्थी तथा विद्यालयहरुलाई तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मीदेवी पाठक र गोरखदल गणका सह सेनानी गंगाधर ढकाल, प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले शिल्ड, पदक, प्रमाण वितरण गरेका थिए । तानसेन नगरका २३ वटा विद्यालयहरुको सहभागी प्रतियोगितामा २० वटा विद्यालयहरुले विभिन्न विधाका उपाधीहरु हात पारेको प्रतियोगिताका फोकल पर्सन एवं शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताए । प्रतियोगितामा भलिवल, कवर्दी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वाण्डो लगायतका विभिन्न २२ प्रकारका खेलहरु समावेश गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update