Shittalpati
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता

पाल्पा, नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
‘म आवद्ध संगठन नेपाल प्रेस युनियनले सोही पदमा भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई उम्मेदवार बनाउने निर्णय गरेको हुँदा संगठनको निर्णयलाई सम्मान गर्दै मैले उम्मेदवारी फिर्ता लिई उहाँहरुलाई समर्थन जनाएको छु’ अर्यालले घोषणा पत्रमा भनेका छन् ।
निर्वाचन प्रक्रियाको क्रममा मेरो नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेकाले आफुलाई माया गर्ने सम्पूर्ण मतदातालाई नेपाल प्रेस यूनियन समेत आवद्ध संयुक्त लोकतान्त्रिक, प्रगतिशील, समावेशी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

अर्यालले नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद विरबहादुर राना, पार्टी सचिव झपेन्द्र गहिरे, नेपाल प्रेस युनियनका जिल्ला सभापति भरत शर्मा, नेपाली काँग्रेसका नेता तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, नेपाल प्रेस युनियनका सल्लाहकार जगदीश भट्टराई, नेपाल तरुणदलका जिल्ला उपसभापति सुनिल बस्याल, प्रेस युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझी लगायतको उपस्थितीमा उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । महासंघको चुनाव चैत २५ गते हुँदैछ ।

 

 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update