Shittalpati
जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई रिफ्रेसर तालिम

पाल्पा,  जिल्लाको माथागढी गाँउपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको छ । स्वास्थ्य क्षेत्रमा थप सहजता ल्याउन गाउँपालिकाले जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई रिफ्रेसर तालिम दिएको हो । आठ वटै वडाका स्वास्थ्य चौकीका प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई ३ दिने रिफ्रेसर तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।तालिमको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले स्वास्थ्य क्षेत्रको सेवालाई थप सरल र सहज बनाउनका लागि कर्मचारीहरुलाई रिफ्रेसर तालिम महत्वपूर्ण हुने बताए । कुनै पनि सेवा प्रवाहलाई थप सहज र नागरिकमैत्री बनाउनका लागि कर्मचारीहरुलाई बेला बेलामा तालिम आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत नेपालले बताए ।

तालिममा आठ वटै स्वास्थ्य चौकीको प्रयोगशालामा कार्यरत कर्मचारीहरु सहभागी रहेको थियो । तालिम चैत ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको थियो । तालिममा शोभाकान्त न्यौपाने र मधुशुदन भट्टराई लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिदै उनीहरुले तालिममा सिकेका कुराहरुलाई कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरेका छन् ।गाउँपालिकाका उप–सयोजक किरण केसीको स्वागत, गाँउपालिकाका स्वास्थ्य सयोजक केशव जि.सि. को सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update