Shittalpati
रिब्दीकोटमा फागु महोत्सव हुने

पाल्पा,  जिल्ल्लाको रिब्दीको गाउँपालिकामा फागु महोत्सव हुने भएको छ । लोप हुन लागेको फागु पर्वको संरक्षणका लागि एक हप्ते फागु महोत्सव हुन लागेको हो ।गाउँपालिकाले पत्रकार सम्मेलन गरी फागु पर्व संरक्षण तथा सवद्र्धन गर्नको लागि यही १० देखि देखि १७ गतेसम्म भैरवस्थान क्षेत्रमा फागु महोत्सव सञ्चालन गर्न लागेको जनाएको छ । परम्परागत रुपमा मनाइदै आइएको फागु संस्कृतिको जर्गेना गर्न महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पञ्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । महोत्सवको संयोजकमा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल र सह–संयोजकमा भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी रहेका छन् । महोत्सव मूल आयोजक समितिका अनुसार सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, अन्तक्र्रिया, लोकनृत्य प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, सांस्कृतिक कार्यक्रम हुनेछ । यस क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्न फागु महोत्सव सफल हुने अपेक्षा गाउँपालिकाले लिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले कला, संस्कृति र फागु पर्वको संरक्षण गर्न महोत्सव गर्न लागिएको बताईन् । महोत्सवको तयारी अन्तिम चरण पुगेको समितिले जनाएको छ । १० गते सरसफाई, ११ गते रक्तदान, १२ र १३ गते पालिकास्तरीय खुल्ला भलिवल प्रतियोगीता साथै जलेश्वरमा सेन वंशीय इतिहास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम, १४ गते गाउँपालिकास्तरीय खुल्ला नृत्य प्रतियोगीता, १५ गते फागु कार्यक्रम, चिर पोल्ने र १६ गते फागु उत्सव तथा १७ गते झाँकी प्रदर्शन, जस्ता कार्यक्रम हुने छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update