Shittalpati

तानसेन नगरपालिका ५ को वडा कार्यालयमा राष्ट्रिय परिचय पत्र वितरण अभियानमा व्यस्त जनप्रतिनिधि र कर्मचारीहरु । सरकारले आमनागरिकहरुलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको यो अभियानमा नागरिकहरुको उत्साहजनक रुपमा सहभागिता भइरहेको वडा अध्यक्ष रामबहादुर रावलले बताए । वडामा विगत एक साता अघिदेखि परिचय पत्र वितरण कार्य शुरु भएको हो ।राष्ट्रिय परिचय पत्र बनाउने काम पाल्पा जिल्लाका विभिन्न स्थानीयतहहरुमा अहिले धमाधमका भई रहेको छ । तस्वीर : एनजेडी

 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update