Shittalpati
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम

पाल्पा (झडेवा), जिल्लाको माथागढी गाउँपालिका भित्रका विपन्न कुमाल समुदायका युवाहरुलाई कम्प्युटर तालिम दिइएको छ । गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समूदायका युवाहरुका लागि कम्प्युटर तालिम र होजियारी तालिम दिइएको हो । सिपमूलक तालिमबाट विपन्न समुदायको आयस्तरमा वृद्धि गर्न गाउँपालिकाले सिपमूलक कम्प्युटर तालिम दिएको हो । तालिम माथागढी २ रुप्सेमा भएको छ ।तालिमको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तालिमको लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सांसद आचार्यले तालिममा सहभागीहरुलाई ध्यान दिएर सिक्न आग्रह गरेका छन् । उनले सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा समेत सहभागीहरुलाई अनुरोध गरेका छन् । सांसद आचार्यले भने ‘सिपले नै मानिसलाई आत्मनिर्भर बनाउन्छ, सिप सिकेर आत्मनिर्भर बन्न तालिम उपयोगी हुने छ ।

’ गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले तालिम सञ्चालन गर्न सहयोग गर्ने मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम कार्यालय बुटवललाई विशेष धन्यवाद दिदै तालिममा सहभागीलाई उपलब्धी मूलक सीप विकासका लागि दत्तचित्त भएर तालिम लिन आग्रह गरे । उनले दक्ष जनशक्ति उत्पादन गर्ने गरी तालिम सञ्चालन गरिएकाले तालिमको महत्वलाई आत्मसाथ गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले तालिमहरु धेरै सञ्चालन हुने गरे पनि त्यसको उपयोग नगर्दा बेरोजगारको दर वृद्धि हुँदै गएको बताईन् । उनले तालिम लिएर घरमा बस्ने तथा तालिममा सिकेका कुराहरु उपयोग नगर्दा सबै बेरोजगार हुने गरेकाले तालिममा सिकेका कुरालाई आयआर्जनमा लगाउन तालिममा सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले तालिममा सबैले उपलब्धी मूलक सिकाई सिकी दक्ष रुपमा अगाडि बढ्नु पर्ने बताए । उनले आत्मनिर्भर बन्नका लागि तालिम अपरिहार्य रहेकोमा जोड दिए । तालिममा वडा नम्बर २ र ३ का विपन्न तथा कुमाल समुदायका २५ जनाहरुले कम्प्युटर तालिममा सहभागी भएका छन् । तालिम ९० दिनसम्म चल्ने छ । त्यस्तै होजियारी तालिममा वडा नम्बर १,२ र ३ का कुमाल तथा विपन्न समुदायका १२ जना युवतीहरुको सहभागी रहेको छ । उक्त तालिम ४५ दिनसम्म चल्ने छ । कम्प्युटर तालिम सराई कम्प्युटर र होजियारी तालिम उद्यमशिल सीप विकास केन्द्र सराइमा सञ्चालन भइरहेको छ । कार्यक्रममा २ वडा अध्यक्ष जनक रिजाल, कार्यपालिका सदस्य तारा रसाइली, मनुमाया कुमाल तथा तेज घर्ती मगर लगायतले आ–आफ्ना धारणा राखेका थिए । सहजकर्ता नारायण बहादुर कुमालको स्वागत, स्वागत, कार्यक्रम सम्पर्क व्यक्ति नारायण प्रसाद न्यौपानेको सञ्चालनमा तालिम उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update