Shittalpati
पाल्पामा अवैध भरूवा बन्दुक सहित एक पक्राउ

पाल्पा,  जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ३ तल्लो सिन्चासका ५८ वर्षीय हिराबहादुर सारुलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।सारुले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले भरुवा बन्दुक ३ थान फेला पारेको छ ।अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

प्रहरीले केही दिन अघि पनि बगनासकाली गाउँपालिका ४ महछापबाट अवैध भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको थियो । महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । कनौजेले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा १ नाले भरुवा बन्दुक एक थान र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक १ थान गरी दुई थान भरुवा बन्दुक फेला पारेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update