Shittalpati
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम

पाल्पा, तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम दिइएको छ । तानसेन नगरपालिका २ का टोल विकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा महिलालाई तालिम दिइएको हो । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र १ गतेदेखि ५ गतेसम्म तालिम दिइएको थियो । तालिमको विहीबार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र दिइएको छ ।
वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरण गर्दै अध्यक्ष रेग्मीले महिलाहरुमा नेतृत्व र क्षमता अभिवृद्धि गर्न तालिमले महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा प्रशिक्षक तथा नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, नेपाल प्रेस युनियनका सभापति भरत शर्मा लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरे । तालिममा ११ वटा टोल विकास संस्थाका ४५ जना महिलाहरुको सहभागीता रहेको थियो । ५ दिनसम्म सञ्चालन भएको तालिममा नेपाल रेडक्रस सोसाईटीका सभापति वुद्धिप्रसाद शर्मा, विश्वराज अर्याल, रमा पन्त र सकुन्तला बज्राचार्यले प्रशिक्षण दिएका थिए । बडिज्ञान टोल विकास संस्था ‘क’ अध्यक्ष कमला श्रेष्ठको अध्यक्षता, असन टोल विकास संस्थाका अध्यक्ष अनुजा बज्राचार्यको स्वागत, सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष सरस्वती शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update