Shittalpati
पाल्पामा जनगणनाको तयारीका लागि कार्यालय स्थापना

पाल्पा, राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि पाल्पामा कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पामा पनि कार्यालय स्थापना भई काम सरु भएको जिल्ला जनगणना अधिकारी भविश्वर घिमिरेले बताए । उनका अनुसार कार्यालयले जनगणनाको लागि मानवीय तथा अन्य आवश्यक स्रोत साधनहरुको व्यवस्थापन, परिचालन र समन्वय गर्ने छ ।

जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ । करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्ण ले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याड्ढ संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने छन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने जनाइएको छ । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो । अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।
–प्रशिक्षार्थी पत्रकार कमला अर्घाली

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update