Shittalpati
तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन

पाल्पा, तानसेन नगरपालिकाले ‘नगर वृहत योजना २०७७’ नामक पुस्तक विमोचन गरेको छ । नगर सरकारले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना समेटेको नगर वृहत योजना पुस्तक विमोचन गरेको हो । पुस्तकको लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना र नगरप्रमुख अशोक कुमार शाहीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन गर्दै सांसद रानाले नगरको विकासमा पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले पुस्तकमा तयार पारिएका योजनाहरुलाई कार्यान्वयन तहमा लैजानुपर्नेमा जोड दिए । सांसद रानाले योजना निर्माण गरेर मात्र नहुने भन्दै त्यसकालाई कार्यान्वयन पक्षमा ध्यान दिन नगरपालिकालाई आग्रह गरे । स्थानीयस्तरबाटै नागरिक र सरोकारवाला पक्षसँगको छलफलबाट योजना तयार गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । नगर बृहत योजनामा नगरको विकास कसरी गर्ने भनेर खाका सहित पुस्तक निर्माण गरिएको उनको भनाई छ ।

अष्ट्रेयाली सहायता र द एसिया फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत नगर योजना निर्माण गरिएको हो । नगरपालिकाले अल्पकालिन योजनाका लागि दुई अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरेको छ । यस्तै मध्यकालिन योजनाका लागि छ अर्ब ६५ करोड र बृहत योजना कार्यान्वयन गर्न एक अर्ब २८ करोड खर्च लाग्ने अनुमान गरेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बृहत योजनालाई नगरको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update