Shittalpati
पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू

पाल्पा, पाल्पाको रामपुरमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार राती रामपुर – ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जादै गरेको लु १३ प ६८१४ नं. को मोटरसाईकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटसाईकल चालक रामपुर ६ बिजयपुर बस्ने ३० वर्षीय सञ्जु आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको रामपुर अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।
मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मोटरसाईकल सडक देखी अन्दाजी ७ मिटर तल खस्न पुगेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update