Shittalpati
तानसेनमा ठगी गर्ने व्यक्ति पक्राउ

पाल्पा,जिल्लाको तानसेनमा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । तानसेनका पसलहरुबाट विभिन्न वरवहाना तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका–४ का ३८ वर्षीय नारायण सुवेदी पक्राउ परेका हुन् ।

तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न वाहनामा ठगी गर्दै हिडेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाँले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update