Shittalpati
गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ४ घाइते (अपडेट)

रमेश विश्वकर्मा
गुल्मी,जिल्लाको रेसुङ्गा नगरपालिका १४ परालमीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पर्दासम्म दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो ।

सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप बुधबार साझ ६ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा रेसुङ्गा नगरपालिका १४ परालमीका ४७ वर्षीय एकराज पोखरेल,सोही स्थानका २८ वर्षीया शान्ति नेपाली, २७ वर्षीया गोमा नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरेलको घटनास्थलमा र शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक/साहु परालमीकै २२ वर्षीय भरत पोखरेल, ३७ वर्षीय विरबहादुर सूर्यवंशी, ३७ वर्षीया गोमा नेपाली र ६६ वर्षीय देब बहादुर नेपाली रहेका छन् । घाइते मध्ये सूर्यवंशी गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपमा ११ जना सवार रहेको वडाध्यक्ष शेर बहादुर पहराईले जानकारी दिए ।
अन्य यात्रु भने सकुशल रहेका छन् । गाडी सडकदेखि २ सय मिटर तल खसेको जनाइएको छ । जिप के कति कारणले दुर्घटना भएको हो भन्ने विषय खुल्न सकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update