Shittalpati
गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा जिप दुर्घटना भएको छ । सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप आज साझ ६ः३० बजे रेसुङ्गा नगरपालिका १४ पराल्मीको छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको वडाध्यक्ष शेर बहादुर पहराईले जानकारी दिएका छन् । उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । जिपमा सवार ११ जना रहेको वडाध्यक्ष पहराईले बताए । उनका अनुसार जिपमा सवार मध्ये सात जना घाइते भएका छन् । घाइते उनीहरुको पनि नाम ठेगना खुल्न सेको छैन ।

अन्य २ जना हाम फालेर बच्न सफल भएको र १ जना घर नजिक भएको हुनाले बीच बाटोमै ओर्लेको अध्यक्ष पहराईले बताए । गाडी सडकदेखि २ सय मिटर तल खसेको जनाइएको छ । जिप के कति कारणले दुर्घटना भएको हो भन्ने विषय खुल्न सकेको छैन । 

घाइतेहरुलाई जिल्ला अस्पताल तम्घासमा ल्याउने तयारी भइरहेको छ । घटनास्थलतर्फ जिल्लाबाट प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update