Shittalpati
ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’

बुटवल, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला, भागरथीलगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने आश्वासन दिएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने आश्वासन दिएका हुन् । देशभर महिला हिंसा अन्त्य गरी बलात्कारी र हत्यारालाई कारबाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले बुटवल आमसभाबाट यस्तो प्रतिवद्धता जनाएका छन् । निर्मला पन्तको हत्यारा अभैmसम्म पत्ता नलागेको र भागरथी भट्टको समेत बलात्कारपछि हत्या भएको १० दिन बितिसक्दा समेत दोषीमाथि कारवाही हुन नसकेको बेला प्रधानमन्त्रीले बुटवल आमसभाबाट बलात्कारी र हत्याका आरोपितहरूलाई छिट्टै पक्राउ गरी कारवाही गर्ने आश्वासन बाँडेका हुन् ।

ओलीले भनेका छन् ‘हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,’ । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ’, प्रधानमन्त्री ओलीले भने । महिला तथा बालबालिकामाथि हिंसा हत्या र बलात्कारजस्ता जघन्य अपराध हुन नदिन सरकार लागि परेको छ, महिला दिदीबहिनी आमाहरुलाई बोक्सीका नाममा कुटिन पिटिन दिइने छैन,’ ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले प्रचण्ड –माधवलाई कति मान्छे ल्याउने र देखाउने भन्ने होडबाजीमा लागेको बताएका छन् । उनले आमसभामा मान्छे ओसार्न र टाउको गन्नभन्दा चुनावमा गएर भोट गन्न प्रचण्ड –माधवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिष्पर्धा गर्न चाहनेहरुलाई आगामी चुनावको मतगणनामा आउन चुनौती दिए । आफ्नो नेतृत्वको पार्टीले ५० लाख लोकप्रिय मत र बहुमत प्रत्यक्ष निर्वाचित सिट ल्याउने दावी उनले गरे । मुलुकलाई अस्थिरताबाट बचाउन आफूले संविधान अनुरुप नै संसद विघटन गरेको पनि ओलीले दावी गरे । प्रधानमन्त्री ओलीले प्रचण्डले युवालाई आफू सत्तामा पुग्ने भ¥याङमात्रै बनाएको दाबी गरे । युवाहरुलाई सुन्दर सपना देखाएर आन्दोलनमा होमिन लगाएर तिनकै समस्या समाधान नगरिदिएर बिचल्ली बनाएको उनले बताए ।
यसअघि चितवन, धनगढी र काठमाडौंमा सभा गरेका ओली समूहले शनिबार बुटवलमा सभा गरेका हुन् । सभामा प्रधानमन्त्री ओली लगायत बिष्णु पौडेल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली हेपिकप्टरबाट बुटवल पुगेका थिए । सभामा हजारौंको सहभागीता रहेको थियो । सभामा सहभागी हुन रुपन्देही तथा आसपासका जिल्लाबाट ओली समर्थकहरु बुटवल आएका थिए ।

 

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update