Shittalpati
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो

बुटवल, भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
२७ वर्षीय भाइ सुर्यबहादुर रानासँगै शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर रानाको ज्यान गएको दाङ प्रहरीले जनाएको छ । माघ २७ गते दिउँसो राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका बुझिएको छ । भाइले शिकारका लागि बन्दुक प्रहार गर्दा दाजुको बाँया हातको काखी मुनी गोली लागेर घटना स्थलमै ज्यान गएको थियो । आफ्नै दाजुको ज्यान गएपछि निज भाइविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुर मुद्दा दर्ता गरि निजलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update