Shittalpati
पाल्पाको माथागढीमा महिला मृत फेला

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छन् । रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिरा कुमारी चिदी मृत अवस्थामा फेला परेकी हुन् ।

उनलाई मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर लगत्तै जिल्ला प्रहरी कार्यालबाट प्रहरी निरीक्षक लक्ष्मण पचभैया र प्रभास चौकीबाट प्रहरी नायव निरीक्षक एक्का बहादुर नेपालीको कमाण्डमा गएको प्रहरी टोली र निजको नातीले शवको पहिचान गरेका थिए ।
मृतक महिला पुस ४ गते घरबाट हिडेकी थिईन् । उनको शुक्रबार जंगलमा मृत अवस्थामा शव भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवलाई पोष्मार्टमका लागि जिल्ला अस्पताल राखिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update