.jpg) 
                                                                    गुल्मी । नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो । भेलाले सह–संयोजकमा दशरथ पाण्डेयलाई चयन गरेको छ । अनेरास्ववियुको भेलाले संयोजक र सह–संयोजक रहने गरी १ सय १५ सदस्यीय सम्मेलन आयोजक समितिको चयन गरेको छ । भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सभासद कमलराज श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, नेकपाका केन्द्रीय सदस्यहरु राजेन्द्र अर्याल, बालसिंह काउछा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उनीहरूले देशमा उत्पन्न पछिल्लो कठिन अवस्थालाई एकतावद्ध ढ·बाट पार गर्नका लागि विद्यार्थीहरू टोल–टोलमा पुग्न आग्रह गरे । उनीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी विदेशी शक्तिहरूले पार्टीका केही अवसरवादी नेताहरू प्रयोग गरी घेराबन्दी गरिएको बताएका थिए । कार्यक्रममा सहभागीहरुले यस्तो कार्यप्रती भण्डाफोर गर्दै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरू अभियान नै लिएर शैक्षिक संस्थामा पुग्न जरूरी रहेको बताए ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    