Shittalpati
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात

गुल्मी । जिल्लामा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको सुरुवात भएको छ । मुसिकोट नगरपालिका १ भर्माचौरमा व्यवसायिक रुपमा ड्रयागन र प्यासन फलको सुरुवात भएको हो । बागलुङ बडिगाड गाउँपालिका ५ ग्वालीचौर ताहालाका ७४ बर्षीय समाजसेवी बालकृष्ण अर्यालले भर्माचौरमा रहेको आफ्नो जग्गामा उक्त फलको व्यवसायिक खेती सुरु गरेका छन् । अर्यालले आफ्नो ४ रोपनी जग्गामा १५ लाख बराबरको लगानीमा व्यवसायिक खेती सञ्चालन गरेका हुन् । उनले २ सय ६५ वटा पोलामा विरुवा लगाएका छन् ।

व्यवसायिक खेतीको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले ड्यागन र प्यासन फलको विरुवा रोपेर खेतीको सुरुवात गरेका हुन् । विरुवा रोपेर उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले यि फलहरु नौलो र राम्रो भएकाले यसको व्यवसायिक रुपमा खेती गर्न सकेको खण्डमा राम्रो आम्दानी गर्न सकिने बताए । उनले व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्नेहरुका लागि नगर सरकारले अनुदान समेत दिने बताए । प्रमुख सापकोटाले कृषकहरुलाई निर्वाहमुखी खेतीबाट माथि उठेर व्यवसायिक कृषि खेतीमा लाग्न आग्रह गरेका छन् । उनले कृषि क्षेत्रको माध्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले पनि नगर सरकारले कृषि कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिएको बताए ।

सोही अवसरमा बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, वडाअध्यक्ष पूर्ण बहादुर हितान, युवा समाजसेवी दिनानाथ पौड्याल,महिला अधिकारकर्मी बिष्णु सापकोटा,मुसिकोट युनेस्कोका अध्यक्ष मोहन घिमिरे,सिर्जना माछा तथा कृषि फर्मका सञ्चालक जीवन अर्याल,कृषि प्राविधिक सर्वजित ओली लगायतले व्यवसायिक रुपमा गर्न लागेको ड्रयागन र प्यासन फल खेतीको सफलताको शुभकामना व्यक्त गरेका थिए । अर्यालले मुसिकोट नगरपालिकामा फर्म दर्ता गरेर व्यवसायलाई अगाडि बढाएका छन् ।

के हो ड्रयागन फल ?

ड्रयागन फल नेपालमा भर्खर भर्खरै मात्र भित्रीएको हल्का गुलाबी रङको,खादा मिठो अनि गर्मी समयमा फल्ने नवआगन्तुक फल हो । ड्रयागन फल एक उष्णकटिबंधीय हो जसलाइ पिटाया पनि भनिन्छ र यो सिउँडी फेमेलीमा पर्दछ । थाईल्यान्ड, मलेशिया, इजरायल भियतनाम हँुदै दक्षिण पूर्व एशिया र ल्याटिन अमेरिकामा मुख्य रूपमा लोकप्रिय भएको यो फल अहिले नेपालमा पनि लगाउने गरिएको पाइन्छ । ड्रयागन फल ३ किसिमको हुन्छ जसमा एउटा रातो छाला र सेतो गुदि अर्कामा रातो छाला र रातो गुदि र अर्कामा पहेलो छाला र सेतो गुदि हुन्छ । यो फल खेतीको लागि गर्मी २०–३०डिग्री तापक्रम र कम वर्षा हुने ठाउँमा अनुकूल दखिन्छ । नेपालमा यसको खेती समुद्री सतह देखि ४५०० फिट सम्म गर्न सकिन्छ । नेपालको भौगोलिक परिवेश अनुसार यसको आधा भूभागमा यो फल खेतीको प्रबल सम्भावना छ । बर्षभरिनै लगाउन सकिने यो फल विषेशगरी भदौ ,असोज देखि मङसिरसम्म लगाउन सकिन्छ ।

के हो प्यासन फल ?

प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको खेती गरेता पनि व्यावसायिक रूपमा यो अघि बढ्न सकेको छैन । – कौरव खत्री

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update