Shittalpati
प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली

कृष्ण पोखरेल
पाल्पा । परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुनः गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकाले ताजा जनादेशको लागि प्रधानमन्त्रीले गरेको संसद् विघटन संवैधनिक भएको बताएका हुन् ।

उनले दुई तिहाईको सरकार हटाएर पुनः गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकाले ताजा जनादेशका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको दावी गरे । पार्टी नेता प्रचण्ड–माधव कुमार नेपालप्रति लक्षित गर्दै नेता ज्ञवालीले भने ‘तितो सत्य यही हो, केही साथीहरुको पद लोभका कारण पार्टीमा गम्भिर समस्या भएको र चौतर्फी घेरावन्दीका कारण प्रधानमन्त्री विधी पद्धतीबाट मुलुकलाई निकास दिन ताजा जनादेशमा जानुभएको हो ।’ अहिले पनि नेकपा पाटी फुट नभएको बताउदै नेता ज्ञवालीले पाटी भित्रका केही नेता संसद् पुर्नस्थापनाको माग गर्दै सडक आन्दोलन छोडेर आउदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार–प्रसारमा लाग्न पाटी नेता तथा कार्यकर्तालाई अनुरोध गरे । सडकमा गएका मित्रहरुले बाह्य शक्तिको हस्तक्षेपको आव्हान गरिरहेको नेता ज्ञवालीले बताए । पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले तिक्ततापूर्ण भारत सम्वन्ध अहिले समधुर हुँदै गएको, भारतीय परियोजनाहरु पुनःसञ्चालनमा आएको, सिमा समस्या पनि बार्ता बाटै समाधान हुने नेता ज्ञवालीले बताए । नेता ज्ञवाली ओली पक्षिय जिल्ला कार्यकर्ताहरुलाई सम्वोधन गर्न पाल्पा आएका हुन् । पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालको सभापतित्व, सचिव किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update