Shittalpati
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।

नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराए । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उनले बताए । –रासस

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update