Shittalpati
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै ७ मन्त्रीले राजीनामा दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति जनाउदै राजीनामा दिएका छन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update