Shittalpati
राष्ट्रपतिद्वारा संसद् विघटन,  बैशाख १७ र २७ मा निर्वाचन हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्तावलाई स्वीकृत गर्दै बैशाखमा दुई चरणको चुनावको मिति तोकेकी छिन् । २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update