Shittalpati
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राती घरबाट हिडेका ४४ वर्षीय गणेश विष्ट आइतबार विहान घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका छन् ।

अध्याधिक मापसे सेवन गरेका कारण भीरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update